पोखरामा क्लब स्तरीय क्रिकेटः समुह चरणका खेल सकिए

-


     क्लिक गण्डकी     
     कार्तिक ९ गते २०८१ मा प्रकाशित


अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश

पोखरा, ९ कात्तिक/ पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा समुह सि को विजेता बन्दै अरण्यज्योती क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब क्रिकेट च्याम्पियनसिपमा राइजिङ क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै अरण्यज्योती फाइनलमा प्रवेश गरेको हो । एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको अरण्यज्योतीले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।

अरण्यज्योतीको जितमा प्रदिप पौडेलले अर्धशतकीय पारी खेल्दै नटआउट रहे । उनले ९१ बलमा ५ चौका प्रहार गरे । यस्तै प्रविन पौडेलले ४२ रन जोड्दै आउट भए । उनले ७० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

ओपनर कल्याण कुमार शुन्यमै पेभिलियन फर्किए । सुलभ सुवेदी १५, अंकित गजुरेल ३, प्रिजन श्रेष्ठ २, आशिष पौडेल ४ रनमा आउट भए भने सन्देश न्युरे शुन्यमै पेभिलियन फर्किए । प्रशान्त अधिकारी १ रनमा नटआउट रहे ।

राइजिङका लागि विमल विक्रम खत्रीले २ विकेट लिए । कृष्ण पौडेल, लोकेन्द्र गहतराज, अन्जन केसी र सविन खत्रीले समान १/१ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको राइजिङ ३६.१ ओभरमा १ एक सय ५६ रनमा अलआउट हुन पुग्यो ।

राइजिङको सुरुवाती राम्रो भएपनि जित हासिल गर्न भने सकेन । ओपनर अनिल गुरुङले ४१ रन जोडे । उनले ४२ बलमा ५ चौका र २ छक्काको मद्धतमा ४१ रन बनाएका थिए । नविन पोखरेलले २८ रन जोडे । यस्तै आसिष पौडेल ९, विमल विक्रम खत्री १६, कृष्ण पौडेल २४, अन्जन केसी २, लोकेन्द्र गहतराज १३ रनमा आउट भए भने, अस्विन अधिकारी, विशाल रिमाल, समिर भुजेल शुन्यमै पेभिलियन फर्किए । सविन खत्री शुन्यमा नटआउट रहे ।

अरण्यज्योतीका लागि प्रदिप पौडेलले ९.१ ओभरमा ३ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविन पौडेलले २ तथा आकाश थापा, अब्दुल खालिक मिया र कल्याण कुमालले समान १÷१ विकेट लिए । अरण्याज्योतीको यो दोस्रो जितसँगै कुल ४ अंक रहेको छ । भने, राइजिङ दुइ खेलमा एक जित र एक हारसहित २ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

तर राइजिङ समुह चरणमा दोस्रो हुने टिम मध्ये उत्कृष्ट हुँदै सेमीफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा कास्की क्रीकेट क्लब र पोखरा क्रीकेट क्लब आ–आफ्नो ग्रुपको विजेता बन्दै यस अघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सहयोग गरेको छ ।



Tags: