पोखरा जगदम्बाले थप ४ सुबिधा सम्पन्न बस सञ्चालनमा

-


     क्लिक गण्डकी     
     असाेज १८ गते २०८१ मा प्रकाशित


पोखरा जगदम्बाले थप ४ सुबिधा सम्पन्न बस सञ्चालनमा

पोखरा जगदम्बाले थप ४ सुबिधा सम्पन्न बस सञ्चालनमा

पोखरा, १८ असोज /पोखरा जगदम्बा ट्राभल्सले थप चार वटा सोफा सिट सहितका एसी बस सञ्चालनमा ल्याएको छ । काठमाडौंका लागि दुई वटा र पूर्वतर्फ धरान, विराटनगर र काकडभिट्टामा सेवा दिनेगरी बस सञ्चालनमा ल्याएको हो ।

थपिएका बसको प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले शुक्रबार बिहान शुभारम्भ गरे । सोफा, एसीसहितको सुविधायुक्त बसका यात्रुले कृयू, कफी, खाजा र पानीसहितका सुविधा प्राप्त गर्नेछन् ।

थप गरिएका बसका यात्रुले पोखरा काठमाडौं यात्रा गर्दा १६ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ । पोखराबाट कोशी प्रदेश तर्फ जाने बसमा भने खाजा, पानी लगायतका सुबिधा भने नदिइएको उनले जानकारी दिए । थपिएका बसको पोखरामा डेमो समेत प्रदर्शन गरिएको छ । डेमो यात्रा समेत गरेको थियो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पोखराबाट देशका भिभिन्न ठाउँमा पुग्ने सुविधा सम्पन्न यात्रुबहाक बस थपिने क्रम जारी रहेको बताए ।

बिगत ६ वर्ष अघिदेखि पोखरा काठमाडौं र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले गत बर्ष चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो ।

२९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाडौंको भाडादर २५ सय तय गरिएको छ । जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ ।

यात्रुलाई रोजे अनुरुप, २५ सय भाडादेखि १६०० र एक हजारमा यात्रा गर्ने सुविधा आफूहरुले दिएको सञ्चालक अधिकारीले बताए ।