इमेज सहकारी ठगीका आरोपी मेयर देवकुमार दिल्लीबाट पक्राउ

-


     क्लिक गण्डकी     
     असाेज ११ गते २०८१ मा प्रकाशित


देवकुमार नेपाली

देवकुमार नेपाली

पोखरा, ११ असोज /इमेज सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् ।

इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा र पोखराको सिर्जनाचोकमा समेत शाखा थियो । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ ।



Tags: