
विष्णु माझी
पोखरा, ८ भदौ/ तीजलाई लक्ष्त गरेर विष्णु माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ ।
यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा राखिएको छ । माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ ।
यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् । उनी लामो समय देखी सार्वजनीक भएकी छैनन् ।





