
तनहुँको घाँसीकुवामा ठुलो पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध तस्बिरः उज्वल पौडेलको फेसबुकबाट
तनहुँ, ५ भदौ/ तनहुँको घाँसीकुवामा ठुलो पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को सहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले घर र विजुलीको खम्बा सहित सडकमा आएको छ । पहिरो पन्छाउने प्यास भैरहेको प्रहरीले जानकारी दिएको छ ।





