‘फ्री भिसा, फ्री टिकट’ दिने १४ म्यानपावर कम्पनी

-


     क्लिक गण्डकी     
     असार २६ गते २०८१ मा प्रकाशित


‘फ्री भिसा, फ्री टिकट’ दिने १४ म्यानपावर कम्पनी

‘फ्री भिसा, फ्री टिकट’ दिने १४ म्यानपावर कम्पनी

काठमाडौं, २५ असार/ चालू आर्थिक वर्ष २०८०/०८१ मा १४ वटा वैदेशिक रोजगार कम्पनीहरुले मात्र फ्री भिसा, फ्री टिकटमा नेपाली श्रमिकहरुलाई विदेश पठाएका छन् ।

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो ।
म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार ती कम्पनीहरुले फ्री भिसा, फ्री टिकटमा नेपाली श्रमिकहरुलाई विदेश पठाएका हुन् । विभागले सोमबार सार्वजनिक गरेको सूचना अनुसार १४ वटा कम्पनीले फ्री भिसा, फ्री टिकट लागू गरेको जनाएको छ ।