पोखरामा बसको ठक्करले महिलाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २२ असार/ पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजाती स्थित विन्ध्यवासिनी चोकबाट सराङकोट जादै गरेको बसको ठक्करले महिलाको मृत्यु भएको छ ।

ग १ ख ४१५६ नम्बरको बसमा सवार पोखरा १८ ग्यारजातीकी ७२ वर्षीय ललिता थापा सोही बसले ठक्कर दिदा मृत्यु भएको हो ।

बसबाट ओर्लिइ हिडने क्रममा सोही बसको पछाडिको पाङग्राले च्यापी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।



Tags: