
पोखरामा एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्ने पक्राउ
पोखरा, १९ असार/ पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका २३ वर्षीय रुपेश नेपाली छन् । उनले गएराति साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।
रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।





