गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा

-

     क्लिक गण्डकी     
     जेठ १६ गते २०८१ मा प्रकाशित

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा

पोखरा, १६ जेठ/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै शपथ लिनेछन् ।

थापालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन् ।

अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए ।

Tags: