#विन्दुकुमार थापा

मन्त्री विन्दुकुमार थापा भन्छन्ः भौतिक सम्पत्तिहरू जले, आत्मबल जल्न सक्दैन

विन्दुकुमार थापा
पोखरा, २९ भदौ/ जेनजी आन्दोलनको क्रममा पोखरामा सबैभन्दा बढी गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार निशानामा परे । मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएको छ । पोखरा महानगरपालिकाबाट सुरु भएको आगजनीले सरकारी संरचनाहरुसँगै मन्त्री थापा लगायत केही रिसोर्ट, केही नेताका घरसम्म जले । नयाँबजारमा रहेको मन्त्रीको थापा र उनकै भाइ ध्रुवको घर तथा गाडी शोरुममा तोडफोड र लुटपाटमात्रै भएन, आगजनीबाट खण्डहर बन्यो । अंशुभरा ग्रुपमार्फत थापाकै छोरा सौगातले नेतृत्व गरेर चलाइरहेको लेकसाइडस्थित बगैंचा रिसोर्टमा पनि… पुरा पढौ

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा
पोखरा, १६ जेठ/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै शपथ लिनेछन् । थापालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन् । अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए । पुरा पढौ

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा चयन

विन्दुकुमार थापा
पोखरा, १२ जेठ/ नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनयन गरेका हुन् । २०७९ को आमनिर्वाचनमा कास्की क्षेत्र नंम्बर २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा यसअघि कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री थिए । थापालाई नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन… पुरा पढौ

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छुः थापा

जनप्रियलाई विश्वविद्यालय बनाउन चाहान्छुः थापा
पोखरा, २६ मंसिर/ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको क्वालिटीमा शङ्का गर्ने ठाउँ नै छैन् । शैक्षिक गतिविधि अब्बल… पुरा पढौ

कास्की २ ख मा नेपाली काग्रेसका विन्दुकुमार थापा विजयी

विन्दुकुमार थापा
पोखरा, ८ मंसिर/ कास्की २ ख मा नेपाली काग्रेसका उमेद्वार विन्दुकुमार थापा विजयी भएका छन् । उनले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गरिन् । थापाले १ हजार ३ सय १० मतले पछि पार्दै विजयी भए । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो । पुरा पढौ

कास्की क्षेत्र २ ख मा विन्दुले अग्रता बढाए

विन्दुकुमार थापा
पोखरा, ७ मंसिर/ कास्की क्षेत्र नम्बर २ खमा नेपाली काग्रेसका विन्दुकुमार थापाले अग्रता बढाएका छन् । पोखरा ४ र ८ को मतगणना हुदाँ थापाले २ हजार ५ सय २१ मत ल्याउदा नेकपा एमालेका मिना गुरुङ्गले १ हजार ५ सय ५१ मत प्राप्त गरीन् । त्यसै गरी राप्रपाका अरुण गिरीले १ हजार २ सय ९० मत प्राप्त गरे । पुरा पढौ

कास्की २ मा विन्दु थापालाई अग्रता

विन्दुकुमार थापा
पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । प्रारम्भीक मतपरिणम अनुसार नेपाली काग्रेसबाट विन्दुकुमार थापाले अग्रता लिएका छन् । उनलाई राप्रपाका अरुण गिरीले पछ्याएका छन् । नेकपा एमालेबाट मिना गुरुङ तेस्रोमा छन् । यो क्षेत्रमा तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् । यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ । पोखरा ४ र ८ को मतगणना हुदाँ कास्की क्षेत्र न २(२) प्रदेश सभा (वडा ४ को सबै र ८ को… पुरा पढौ

पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छुः थापा

विन्दुकुमार थापा
पोखरा, २९ कार्तिक/ गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए । घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु… पुरा पढौ

काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछुः थापा

विन्दुकुमार थापा
पोखरा, २५ कार्तिक /गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् । गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान… पुरा पढौ

गाउँ फर्क अभियान सुरु गर्नुपर्छः विन्दुकुमार थापा

विन्दुकुमार थापा
पोखरा, २० कार्तिक/ नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् । भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यवसाय गर्ने गरी गाउँमा ल्याउने योजना… पुरा पढौ