गजलकार प्रकट पंगेनीको निधन

-


     क्लिक गण्डकी     
     वैशाख ४ गते २०८१ मा प्रकाशित


प्रकट पंगेनी

प्रकट पंगेनी

पोखरा, ४ बैशाख/ साहित्यकार प्रकट पंगेनी (शिव) को मंगलबार निधन भएको छ । पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा ६८ वर्षको उमेरमा पंगेनीको निधन भएको हो ।

बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा गरी पोखरा ११ फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

स्वास्थ्यमा समस्या आएपछि पंगेनी सोमबार मणिपाल अस्पताल भर्ना भएका थिए । उपचार खर्च अभाव भएको भन्दा सहयोग अभियान पनि चलेको थियो । उनको परिवारमा श्रीमति, एक छोरा र एक छोरी छन् ।



Tags: