#प्रकट पंगेनी

गजलकार प्रकट पंगेनीको निधन

प्रकट पंगेनी
पोखरा, ४ बैशाख/ साहित्यकार प्रकट पंगेनी (शिव) को मंगलबार निधन भएको छ । पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा ६८ वर्षको उमेरमा पंगेनीको निधन भएको हो । बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा गरी पोखरा ११ फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यमा समस्या आएपछि पंगेनी सोमबार मणिपाल अस्पताल भर्ना भएका थिए । उपचार खर्च अभाव भएको भन्दा सहयोग अभियान पनि चलेको थियो । उनको परिवारमा श्रीमति, एक छोरा र एक छोरी छन् । पुरा पढौ

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा

प्रणय दिवसमा प्रकट पंगेनीका प्रणय गजल माई ओल्ड हाउस क्याफेमा
पोखरा, २ फागुन/ प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा पोखराको माई ओल्ड हाउस क्याफेमा विषेश कार्यक्रमको आयोजना गरेको छ । प्रणय गजलकारका रुपमा चिनिएका प्रकट पंगेनीले युवायुवतीलाई प्रणय गजल सुनाएर मनोरञ्जन दिने छन् । माई ओल्ड हाउस र इन्सासको संयुक्त आयोजनामा भ्यालेन्टान्इन्स डेको अवसरमा हुन लागेको हो । पोखरा ७ बुलौदीमा रहेका क्याफेमा आज बेलुकी ७ बजे पछि गजल बाचन हुनेछ । प्रकट पंगेनिले पुराना तथा नयाँ गजलहरु बाचन गर्ने क्याफेका सञ्चालक किशोर सुबेदीले जानकारी दिए । पुरा पढौ