
तनहुँ शुक्लागण्डकीमा तीन जनाको शव फेला, हत्याको आशंका
तनहुँ, २६ पुस/ तनहुँको शुक्लागण्डकी नगरपालिकामा तीन जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको हो ।
शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो । मृतकमध्य शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ ।
फोहोरमैला केन्द्रमै भेटिएका अर्को एकजनाको पहिचान खुलेको छैन । जनकल्याण माविको तलपट्टी जंगलमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।
उनको पनि पहिचान खुल्न सकेको छैन् । सबैको शरीरमा चोट भएकाले हत्याको आशंका गरिएको छ । अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।





