
गण्डकी प्रदेशका सांसद एबम कांग्रेस नेता भोजराज अर्याललाई पुत्रशोक
पोखरा, १ पुस/ नेपाली कांग्रेसका स्याङजाका नेता एबम गण्डकी प्रदेशका सांसद भोजराज अर्याललाई पुत्र शोक परेको छ । उनका छोरा माधव अर्याल (मुक्ति) को ३८ बर्षको उमेरमा उपचारको क्रममा सोमबार निधन भएको हो ।
पछिल्लो समय जापानमा बस्दै आएका माधव जन्डिसको गम्भीर बिरामी भएपछि उनलाई करिब ५ महिना अगाडी नेपाल ल्याइएको थियो । त्यसपछि पोखरा लगायत बिभिन्न स्थानमा उनको उपचार गरिएको भएपनि सोमबार उनको निधन भएको हो ।
स्व. माधवकी श्रीमती दिपा र ९ बर्षीय छोरा आदीन रहेका छन् । उनको पोखराबाट वालिंग स्थित निवासमा शव लगेर अन्तिम श्रद्दान्जली गरेपछि रामदी नदीमा अन्त्येष्टि गरिएको छ ।
स्व. माधब कांग्रेस नेता भोजराज अर्यालका जेठा छोरा हुन् । नेपाली काँग्रेसमा लामो समयदेखि क्रियाशील भोजराजकी श्रीमती भगवती अर्याल र र अर्को छोरा मिलन एबम छोरीहरु मनिषा र ममता रहेका छन् । पोखरामा स्व. माधव काग्रेस नेताहरुले श्रद्धान्जी दिएका थिए ।





