पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने युवक पक्राउ

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८२ मा प्रकाशित


पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने युवक पक्राउ

पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने युवक पक्राउ

पोखरा, २८ असोज/ पोखरामा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले असोज २७ गते राती करिब ९ बजे पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्ने देविकला अधिकारीलाई एक युवकले नक्कली पेस्तोल देखाएर लुटपाट गरेका थिए।

प्रहरीले सूचना प्राप्त लगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट टोली खटाई अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा पर्वतको मोदी गाउँपालिका–१ घर भई पोखरा–२० भलाममा बसोबास गर्दै आएका २४ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिको साथबाट नक्कली पेस्तोल ९खेलौना० एक थान र उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका विकमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।



This will close in 10 seconds