पोखरामा भेडा च्यांग्राको मुल्य घट्यो, उपभोक्ता दंग, व्यवसायीलाई पिरलो

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८२ मा प्रकाशित


पोखरामा भेडा च्यांग्राको मुल्य घट्यो, उपभोक्ता दंग, व्यवसायीलाई पिरलो

पोखरामा भेडा च्यांग्राको मुल्य घट्यो, उपभोक्ता दंग, व्यवसायीलाई पिरलो

पोखरा, १५ असोज/ पोखरामा दशैका लागि मुस्ताङ र अन्य जिल्लाबाट भेडा र च्यांग्रा बढि आएपछि अहिले मुल्य घटेको छ । अर्थ शास्त्रको नियम अनुसार माग अनुसारको मुल्य निधारण हुने गर्दछ ।

ग्राहको माग भन्दा धेरै भेडा र च्यांग्रा पोखरा आए पछि व्यवसायीले अहिले मुल्य घटाएर विक्रि वितरण गरिरहेका छन् । अहिले एउटा च्यांग्रालाई रोजर ३० हजारमा पाइन्छ ।

केही दिन अगाडी सम्म त्यही च्यांग्राको मुल्य ४० हजार रुपैया पर्ने थियो । अघिल्लो वर्ष ४५ हजारमा कारोबार भएका यस वर्ष शुरुबाट मुल्य ४० देखी ४२ हजारमा कारोबार भएको थियो । मुल्य घटेपछि व्यवसायीहरुले घाटा व्यहोर्नु परेको बताउ छन् । अहिले १२ हजार सम्ममा पनि च्यांग्रा पाएका छन् भने भेडा १० हजार देखी २० हजार सम्मका छन् ।

पोखरामा हिमाली जिल्ला बझाङ र बाजुराबाट भेडाच्यांग्रा पनि केही वर्ष देखी आउन थालेका छन् । यस वर्ष त्यस क्षेत्रबाट करिब ५ हजार भेडा च्यांग्रा आएका थिए । भने मुस्ताङ र डोल्पा क्षेत्रबाट १५ हजारको हाराहारामा आएका थिए ।

पहिलो रोजाइमा मुस्ताङ कै च्यांग्रा पर्दछन् । मुस्ताङको च्यांग्रा अहिले पोखरामा भन्दा बाहिर पनि रोजाइमा पर्ने गरेको छ । सस्तो भेडा च्यांग्रा पाएपछि उपभोक्ता भने खुसी छन् । उनीहरु फेरी फेरी खरिदका लागि आउने गरेका छन् ।

घटस्थापना सँगै पोखरा १ याम्दी क्षेत्रमा भेडा– च्यांग्राका बथान आइपुगेका छन् । मुस्ताङबाट १ हप्ता हिँडाएर वा ट्रकमा भेडा– च्यांग्रा पोखरा ल्याउँछन् । यो वर्ष पोखरामा मात्रै २० हजार हाराहारी भेडा–च्याङ्ग्रा आएका छन् ।

त्यस मध्ये करिब १५ हजार विक्रि भैसको छन् भने ५ हजार बजार मै छन् । यसबाहेक पोखरामा १५ हजारको हारहारीमा खसी बोका विक्रि हुने गरेका छन् । दशैका बेला पोखरामा २५ करोडको कारोबार हुने गरेको व्यवासयीले बताए ।



Tags: , ,