लेकसाइडमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०८१ मा प्रकाशित


पोखराको बुलौदीमा दुर्घटना

दुर्घटना

पोखरा, २७ माघ/ पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा मोटर साइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

लेकसाइडको स्ट्रिट नम्बर ३ बाट शहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नम्बरको दुर्घटना हुदाँ पोखरा २४ कास्कीकोटका २१ बर्षिय सफल रानाभाट र पोखरा ८ सिमलचौरका २१ बर्षिय सुजल अधिकारीको मृत्यु भएको हो ।

मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटना भएको हो । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जनाएको छ ।



Tags: