कालिकोटमा तिलागुफामा शाही विजयी, महोत्तरीमा एमाले अगाडी

-


     क्लिक गण्डकी     
     मंसिर १६ गते २०८१ मा प्रकाशित


खड्कराज शाही

खड्कराज शाही

पोखरा, १६ मंसिर/ कालिकोटको तिलागुफा नगरपालिका ४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार खड्कराज शाहीले १४३ मत ल्याएर विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र नैसोभा शाही ११५, नेकपा एमालेका एनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बलले ५ मत प्राप्त गरेका छन् ।

त्यसै गरी महोत्तरीको रामगोपालपुर वडा २ उपनिर्वाचनको मतगणना सुरु भएको छ । पहिलो मतपरिणम अनुसार वडा अध्यक्ष पदका नेकपा एमालेका उमेद्वारले ३८ मत प्राप्त गर्दै अगाडी छन् ।

त्यसै गरी माओवादी उमेद्वारले ३६, काङ्ग्रेस उमेद्वारले १९ र जसपा उमेद्वारले ४ मत प्राप्त गरेको छन् । १ हजार ५ सय १४ मत खसेको थियो ।



Tags: