पोखराको महेन्द्रपुलमा फल्चा
पोखरा, ४ असोज/ महेन्द्रपुलमा नेवारी संस्कृती झल्कने फल्चा निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका र विभिन्न ब्याक्तिहरुको सहयोगमा पोखराको महेन्द्रपुलमा निर्माण सम्पन्न भएको नेवारी संस्कृती झल्काउने फल्चाको संविधान दिवसको अवसर पारी उद्घाटन गरिएको छ ।
महेन्द्रपुलसंगै जोडिएको सार्वजनिक जग्गामा निर्माण भएको फल्चासंगै अत्याधुनिक शौचालय र तल्लो साइडमा झण्डा पार्क रहेको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फल्चाको उद्घाटन गर्दै सार्वजनीक जग्गाको सदुपयोग गर्दै झण्डापार्क, अत्याधुनिक शौचालय र फल्चा निर्माण गरिएको बताए । उनले त्यहाँ रहेको पुस्तकालय र आर्ट ग्यालरी अर्को ठाउँमा निमार्ण शुरु भईसको बताए ।
भक्तपुरबाट सामाग्री मगाएर फल्चा निर्माण गरिएको बताए । पोखरा भाषा, साहित्य र प्रकृतिको शहर भएकाले सांस्कृतिक धरोहरको रुपमा फल्चा निर्माण बताए ।
उनले पोखराको पुरानो संस्कृतिक धरोहरको रुपमा रहेको रामकृष्णटोललाई समेत विश्व सम्पदा सुचीमा सुचिकृतका लागि काम गरिने बताए । फल्चासंगै रहेको अत्याधुनिक शौचालयबाट वायो ग्यास उत्पादन गरी मड्का चिया पसल समेत सञ्चालनमा ल्याउने वताउँदै मेयर आचार्यले बताए ।
पोखरा महानगरको १७ लाख ६० हजार ४ सय ९०, समाजसेवी राम बहादुर पौडेल पोखरा ७ बाट ५१ हजार, राजकुमारी कायस्त पोखरा महेन्द्रपुलबाट २८ हजार ५ सय, पोखरा ८ का बिनोद जिसीबाट २५ हजार, जयप्रकाश प्रधानाङ्ग भैरवटोलबाट ११ हजार ५ सय, लक्ष्मी पहारी शान्तिवनबाट १० हजार १ सय १, साजन ताम्राकार नयाँबजारबाट १० हजार १ सय १, अविनास एण्ड अंकित फोटो फ्रेम गुड्स महेन्द्रपुलबाट १० हजार १ सय १ गरी कुल २२ लाख, ४८ हजार १८ रुपैयामा निर्माण सम्पन्न भएको हो ।