नारायणघाट मुग्लिन सडक खण्ड-पहिरोले बगाएर दुई यात्रु बाहक बस त्रिशुली नदीमा खसे

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८१ मा प्रकाशित


मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ

सडक फाइल तस्बिर

चितवन, २८ असार/ नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा दई वटा यात्रुवाहक बस खसेको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा रहेको सिमलतालमा सडक माथीबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट विरगंज चल्ने र अर्को कामाडौंदेखी गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

काठमाडौंबाट गौर जान हिडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ । तीन जना सकुसल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेशराज रिजालले बताए । अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ ।

बुटबलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।