पोखराको गैहपाटनमा रहेको ऐतिहासिक घर ढल्यो

-


     क्लिक गण्डकी     
     असार २८ गते २०८१ मा प्रकाशित


पोखराको गैहपाटनमा रहेको ऐतिहासिक घर ढल्यो

पोखराको गैहपाटनमा रहेको ऐतिहासिक घर ढल्यो

पोखरा, २७ असार/ पोखरा ४, गैह्रापाटनमा रहेको कलात्मक शैलीको तीन तले घर भत्किएको छ । घरमुली राजेन्द्रनिधि कोइरालाको घर भत्काएका हुन् । उनले सामाजिक सञ्जालमा पुरानो घरको फोटो सार्वजनिक गदै उनले ‘अब सम्झनामा मात्र ।

कसैको आँखामा राजनीतिक इतिहास, कसैको आँखामा आश्रयस्थल, कसैको आँखामा बासस्थान, कसैको आँखामा पञ्चायतविरोधीको भूमिगत घर र परिचित धेरैको आँखामा कांग्रेसको घर ।’ कलात्मक काठका झ्याल ढोकाबाट बनेको घरले राजनैतिक इतिहास बोकेको छ ।

यो घरलाई कांग्रेसका धेरै नेताहरुको बास, गाँस र आश्रयसँगै आत्मीयता जोडिएको थियो । राजेन्द्रनिधिका बुवा करुणानिधिले २००६ सालमा घर बनाएका थिए । सोही वर्षको चैतमा आगलागी काण्डमा घर जलेपछि बनाएको राजेन्द्रनिधिले बताए । २००६ सालमा पोखरामा आगोलागि भएर घर जलेपछि यो घरको निमार्ण गरेको थियो ।

उक्त घरमा नेपाली कांग्रेसका संस्थापक नेताहरुको आश्रय स्थल बनेको इतिहाँस रहेको छ । निरन्तरको वर्षासंगै शनिबार साँझ केही भत्किएको घरले बटुवालाई समेत जोखिम हुनेभएपछि थप जोखिम नहोस भनेर मंगलबार विहान भत्काइएको हो । सुरुमा कांग्रेसको गण्डकीकै इतिहाँस बोकेको घर भएकाले जोगाउनुपर्छ भन्ने भएर राखिएको भएपनि संरक्षणमा कसैले चासो नदेखाएपछि परिवारले घर भत्काएका हुन् । पोखरा ४ गैह्रपाटनमा रहेको सो घर स्काभेटरको प्रयोग गरेर भत्काइएको हो ।

करुणानिधि त्यसबेला ठानेदार थिए । प्रहरी चौकीका हाकिम भएका नाताले पनि सो समयमा सुविधासम्पन्न घर निर्माण गरेका थिए । २००८ सालमा उनी नेपाली कांग्रेस कास्कीका

संस्थापक उपसभापति बने । नेताहरु कास्की आउजाउ हुने क्रममा उनको घरमा बस्ने गर्थे । विभिन्न बेला बिपी कोइराला, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, रामशरण महत लगाएत् बास बस्ने साथै खाना खाने र राजनैतिक योजना बताउन गरेका थिए ।

बाबुआमाको निधनपछि ऐतिहासिक घरको रेखदेख राजेन्द्रनिधि र उनका भाइ भरतराजले गरे । माटोको घर भएकाले बस्न असुरक्षित ठानेर १२/१५ वर्ष अघि नै घर छाडेको राजेन्द्रनिधिले बताए ।

२०७२ को भूकम्पले पनि केही नबनाएको घरको एक छेउ केही दिनअघि भत्किएपछि बनाउनुभन्दा भत्काउन ठिक ठानेर भत्काएका बताए ।