विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

-


     क्लिक गण्डकी     
     असार २७ गते २०८१ मा प्रकाशित


विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

विन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका थप १ जना प्रतिवादी पक्राउ

पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड स्थित संचालनमा रहेको विन्ध्यसिनी वचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा समिति सदस्य पोखरा १४ औधोगिक क्षेत्रका ४० बर्षीय हरी प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका प्रतिवादीलाई कास्की प्रहरीले धमाधम पक्राउ गरेको छ ।

अधिकारीलाई प्रहरी टोलिले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । विन्ध्यवासिनी सहकारी ठगी मुद्दामा १७ जना पक्राउ गरिएको र अझ १४ जना फरार रहेको प्रहरीले जनाएको छ ।



Tags: