पहिरोले घर पुरिदा पोखरामा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार २७ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु

फाइल तस्बिर

पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोले पुरिदा २२ बर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो ।

मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरमा घर माथीबाट आएको पहिरोले पुरेको थियो । भिमबहादुरकी आमा ५० बर्षीय कमला थापाको सकुसल उद्धार भएको छ ।

घर माथीबाट विहान ४ बजेतिर पहिरो आएको थियो । स्थानीय ईलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण कालिका गण मालेपाटनको टोली उद्धारका लागि पुगेको थियो ।