आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छैटौं पटक जित्ने दाउमा

-


     क्लिक गण्डकी     
     माघ १९ गते २०८० मा प्रकाशित


आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छटौ पटक जित्ने दाउमा

आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छटौ पटक जित्ने दाउमा

पोखरा, १९ माघ/ थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ ।

आर्मीको उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ । क्लबको उपाधि भिडन्त भन्दा पनि गुरु र चेला बीचको रोचक फाईनल प्रतिस्पर्धा हुने छ ।

प्रशिक्षकमा छन् आर्मीका मेघराज केसी र थ्रीस्टारका विक्रम लामा । हिजो थ्रीस्टारमा विक्रमले कप्तानी सम्हल्दा प्रशिक्षक केसी नै थिए । गुरुसँग फाईनल खेल्न पाउनु मेरा लागि स्वर्ण भएको थ्रीस्टार क्लबका प्रशिक्षक लामा बताउ छन् । आर्मीका प्रशिक्षक मेघराज केसीले ५ महिनादेखि सशक्त तयारी गरेरै उपाधिको लागि आएको बताए । उनले सधैंको उपविजेताको ट्यागलाई हटाएर विजेता बन्ने दावी गरे । उनले सबै खेलाडी युवा रहेको बताउदै राम्रो नतिजा निकाल्ने बताए ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा हाल थ्री स्टारका खेलाडी रहेका विराज महर्जनले विक्रमको प्रशिक्षणमा पोखराको मैदानमा फाइनल खेल्न उत्रिने छ । विराजले आफु सिनियर खेलाडी भएपनि युवा खेलाडीलाई साथ थिएको बताए ।
आर्मी अहिले सम्म पाँचौ पटक फाइनल पुगे पनि उपाधि जित्न चार पटक उपविजेतामा नै चित्त बुझाएको छ ।

यस पटक आफ्नै पूर्व क्लबलाई हराउँदै आर्मीलाई पहिलो उपाधि दिलाउने प्रशिक्षक केसीको लक्ष्य छ । उनलाई आर्मीका कम्तान भरत खवासको साथ छ । खवासले पनि यस पटक जसरी भए पनि उपाधि जित्ने लक्ष्य रहेको सुनाए ।

थ्री स्टा र आर्मी दुवैले प्रिक्वाटरफाइनलदेखि खेल्दै फाइनल यात्रा तय गरेका हुन् । दुवैले समान ३ खेल खेलेका छन् । जसमा दुवैले एक एक खेल अतिरिक्त समयमा जितेका थिए ।

थ्री स्टारले उदघाटन खेलमै आयोजक सहारा क्लबलाई २–१ ले पराजित गरेको थियो । सेमिफाइनलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई अतिरिक्त समयमा २–० ले हराएको थ्री स्टारले सेमिफाइनलमा ललितपुरे प्रतिद्वन्द्वी जावालखेल युथ क्लबलाई १–० ले पराजित गर्दै छैटौं पटक फाइनल पुगेको हो ।

आर्मीले पहिलो खेलमा नवलपरासीको राइजिङ स्टारलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा साविक विजेता संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा आर्मीले चर्च ब्वाइजलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पाँचौ पटक फाइनल पुगेको हो ।

फाइनलसम्म आइपुग्दा आर्मीले ६ र थ्री स्टारले ५ गोल गरेका छन् भने दुवैले समान एक गोल खाएका छन् । सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको उपाधिमा अहिलेसम्म ६ वटा क्लबको नाम लेखिएको छ । नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६÷६ पटक उपाधि जितेको इतिहास छ । थ्रीस्टारले पाँच पटक उपाधि जितेको छ ।

संकटा क्लबले २, अफ्रिकन युनाईटेड, सशस्त्र प्रहरी बल र आयोजक सहारा क्लबले एक पटक उपाधि उचालिसकेका छन् । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार
आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार



Tags: