प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०८० मा प्रकाशित


प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी

प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी

पोखरा, ७ माघ/ गण्डकी प्रदेशले प्रधानमन्त्री कप २०८० मा पहिलो जित निकालेको छ । गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा अलआउट ग¥यो ।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले १५.२ ओभरमा अलआउट हुँदै २५ मात्र रन जोड्न सक्यो । कप्तान विपिन खत्रीको स्पिनविरुद्ध कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीले भने १ सय ४२ रनले पहिलो जित दर्ता गरेको छ ।

कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा अल आउट ग¥यो । प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि नेपाल एपीएफ क्लबले २०१९ को सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४१ रनमा अल आउट गरेको थियो ।

कोशीका कप्तान अंकित सुवेदीले ६ बलमा २ चौकासहित सर्वाधिक ८ रन बनाए । कोशीका चार खेलाडीले खाता नै नखोली आउट भए । गण्डकीका विपिन खत्रीले ६ विकेट, सन्दीप पराजुलीले ३ विकेट लिए ।

गण्डकी ४८.२ ओभरमा १६७ रनमा अल आउट भएको थियो । गण्डकीका मुश्कान थापाले १ सय २२ बलमा सर्वाधिक ६७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले । ६ विकेट लिएका विपिन खत्रीले ७१ ब्लमा ४२ रन जोडेका थिए ।

कोशीका बायाँ हाते तीव्र गतिका बलर अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । कोशी लगातार छैटौं हार हो । यो हारसँगै कोशी शीर्ष चार दौडबाट बाहिरिएको छ । गण्डकी भने ४ खेलमा १ मा जित र ३ मा हारसहित नवौं स्थानमा छ ।



Tags: