आहा रारा पोखरा गोल्डकपमा मच्छिन्द्रलाई हराउदै जावलाखेल तस्बिरः योगेन श्रेष्ठ
पोखरा, ११ माघ/ पोखरामा जारी आहा रारा गोल्डकपमा मच्छिन्द्र क्लबलाई हराउदै जावलाखेल युथ क्लब क्वाटरफाइलनमा प्रबेश गरेको छ ।
२३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले हराउदै अन्तिम आठमा प्रबेश गरेको हो ।
पोखरा रंगशालाको फुटबल स्टेडियममा भएको खेलमा ३७ औ मिनेटमा जावलाखेलका लागि हिसुब थपलियाले निणार्यक गोल गरे ।
विपक्षी टिमका गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले गोल गरेका थिए । जावलाखेलले माघ १५ गते मनाङ मस्र्याङ्दी सगँ खेल्ने छ ।
मच्छिन्द्र र जावलाखेल बीच आहा रारा पोखरा गोल्डकपमा यो पहिलो आमने सामने भएका हुन् । यसअघि मच्छिन्द्रले ५ पटक सहभागिता जनाएको थियो भने जावलाखेल युथ क्लबले ३ पटक सहभागीता जनाएको थियो ।
प्रतियोगितामा भुटानको लिग च्याम्पियन पारो एफसिसहित १२ टिमको सहभागिता रहेको छ । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
शुक्रबारको दुई विभागी टिम नेपाल पुलिस क्लब र एपिएफ क्लब बिच हुनेछ ।