विष्णु माझीले नयाँ तीज गीत ‘बलमा’ (भिडियो)

-


     क्लिक गण्डकी     
     भाद्र २० गते २०८० मा प्रकाशित


विष्णु माझी

विष्णु माझी

पोखरा, २० भदौ/ विष्णु माझीले यस वर्ष पनि तीजको गीन दर्शक, श्रोता माझँ ल्याएकी छन् । माझीको स्वरमा तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ ।

सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत भरेका छन् । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।

‘पुतलीको भट्टी–१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुबेदी सहितका कलाकारले अभिनय गरेका छन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिन खोजीएको छ ।

सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ । राखेको केही समयमा नै भ्युज र कमेट राम्रो धेरै नै आएका छन् ।



Tags: