पोखराको चर्चित ‘बिजी बी क्याफे’ अब काठमाडौंमा पनि, भदौमा सञ्चालनमा आउने

-


     क्लिक गण्डकी     
     श्रावण ३१ गते २०८० मा प्रकाशित


पोखराको चर्चित ‘बिजी बी क्याफे’ अब काठमाडौंमा पनि, भदौमा सञ्चालनमा आउने

पोखराको चर्चित ‘बिजी बी क्याफे’ अब काठमाडौंमा पनि, भदौमा सञ्चालनमा आउने

पोखरा, ३१ साउन/ पोखराको लेकसाइडमा सञ्चालित ‘बिजी बि क्याफे’को शाखा काठमाडौंमा विस्तार भएको छ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बिजी बीले काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा पहिला शाखा सञ्चालनमा ल्याउने तयारीमा छ ।

बिजी ग्रुपका लगानीकर्ताको संयुक्त लगानीमा काठमाडौंमा शाखा विस्तारको अन्तिम तयारीमा छ । सम्पूर्ण तयारी सकिएको र भदौ पहिलो सातासम्म बिजी बीको शाखा सञ्चालनको तयारी भइरहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । उनले पहिले नै शाखा खोल्ने तयारी भएपनि कोभिडका कारण ढिलो भएको बताए ।

बिजी बी क्याफे विदेशी पर्यटक र नेपाली युवाह?को रोजाईमा पर्ने गरेको छ । काठमाडौंमा करिब २ रोपनी क्षेत्रफलमा बिजी बी क्याफेको शाखा विस्तार गरिएको छ । करिब १० करोड लगानीमा सञ्चालनमा आउन लागेको बिजी बीमा काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने लगानीकर्ताह?को विश्वास छ ।

पोखरामा उपलब्ध सम्पूर्ण सेवा काठमाडौं शाखामा पनि उपलब्ध हुने अर्का सञ्चालक सुनिल भट्टराईले बताए । म्युजिक, फुड र ड्रिङसका लागि बिजी बी प्रशिद्ध छ । बिजी बी काठमाडौं शाखामा मात्रै ५० जनाले रोजगारी पाउने छन् । सोही ग्रुपले पोखरामा बिजी बी रिसोर्ट र कोरियन रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याइसकेको छ ।

ग्रुप अन्तर्गत १ सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउन सफल भएको भट्टराईले जानकारी दिए । ग्रुपमा योगेश भट्टराई, ज्याक तामाङ, सुनिलबहादुर भट्टराई, सरोज भट्टराई र वसन्त महतको संयुक्त लगानी रहेको छ ।



Tags: ,