पोखराको जंगलमा युवतीलाई गम्भिर घाइते बनाई फरर युवक पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०८० मा प्रकाशित


पोखराको जंगलमा युवतीलाई गम्भिर घाइते बनाई फरर युवक पक्राउ

पोखराको जंगलमा युवतीलाई गम्भिर घाइते बनाई फरर युवक पक्राउ

पोखरा, १२ साउन/ पोखरा १८ गुफा डाँडाको जंगलमा दुई महिना एक युवातीलाई कुटपिट गरेर घाइते बनाई फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठ ५ गते अचेत अवस्थामा फेला परेकी थिइन् ।

सो घटनामा संलग्न व्यक्तिहरुको खोज्ने क्रममा जिल्ला धादिङ बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर १० डुंगे घर भएका वर्ष २५ को दिपेन गुरुङ भन्ने सन्तबहादुर मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ । बैदाम प्रहरीले कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरि रहेका थियो ।

जेठ ६ गते शनिबार बिहान स्थानियले घाइते युवतीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । युवतीको कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी थिइन् । उनको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसियुमा उपचार भएको थियो ।

गण्डकी गाउँ पालिका वडा नम्बर ७ घर भएकी वर्ष २४ की आकृति रेग्मीको लामो समय पछि मात्रै होसमा आएको थियो । आकृति गम्भिर घाईते भई रगताम्मे अवस्था फेला पारी तत्काल उद्धार गरी उपचारार्थ अस्पताल पठाईएको थियो । उनको टाउको तथा दाँया आँखामा गम्भिर चोट लागेको थियो ।

आकृति रेग्मीको स्वास्थ्यमा सुधार आए पश्चात घाईते राति जंगलमा पक्राउ परेका गुरुङ सहितका व्यक्तिले फलामको हथौडा तथा धारिलो हतियार चक्कुले टाउकोको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरी मरणासन्न अवस्थामा पु¥याई झाँडीमा फालीको बनाएकी छिन् । उनको साथमा भएको ४ हजार नगद र मोबाईल फोन समेत लिई गएको बताएकी थिइन् ।



Tags: