पोखराको जंगलमा गम्भिर घाइते भएको अवस्थामा युवती फेला

-


     क्लिक गण्डकी     
     जेठ ९ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, ९ जेठ/ पोखरा ६ जरेवरको माथीको जंगलमा एक युवती अचेत अवस्थामा फेला परेकी छन् । शनिबार बिहान स्थानियले घाइते युवतीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

युवतीको कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवती फेला परेको प्रहरीको भनाई छ । उनको हाल पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

आइतबार साँँझ मात्र उनी बोल्न सक्ने अवस्थामा आएकी छन् । उनी पुर्ण रुपमा होसमा आएकी छैनन । रेग्मीको आफन्तलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको डिएसपी वि.क.ले जानकारी दिए ।