डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले जित सुनिश्चि भएको छ । उनले गणना हुन बाँकी मत भन्दा अन्तर बढि ल्याएका छन् ।
आवश्यक मत भन्दा गणना १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो । अहिले सम्म ५३ हजार १ सय २८ मत गणना हुदाँ वाग्लेले २७ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ९ सय ७९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ३ सय ७९ मत प्राप्त गरेका छन् ।
स्वर्णिमले गोविन्द्रको भन्दा ९ हजार ३ सय ४९ ले अगाडी छन् । वाग्लेले गोविन्द्रलाई १२ हजार ९ मत अन्तरले अगाडी छन् । अब गणना हुन ११ हजार ९ सय ७१ मतगणना बाँकी छ ।
तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन् । ४२ मध्ये ३६ वडाको मतगणना सकिएको छ । तनहुँ क्षेत्र नम्बर १ मा भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं १ मतअन्तर बढाउदै स्वर्णिम वाग्ले
जम्मा मतदाता १२३३०५ मा
जम्मा खसेको मत ६५०९९
४२ वडामध्ये ३ वडा गणना गर्दा
जम्मा गणना ५३१२८
घण्टी स्वर्णिम वाग्ले २७९८८
रुख गोबिन्द भट्टराई १५९७९
सुर्य सर्वेन्द्र खनाल ७३७९
मतअन्तर १२००९
गणनाहुन बाँकी ११९७१