बलियो नेपाल कप अन्तर एकेडेमी टि २० क्रिकेटको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

-


     क्लिक गण्डकी     
     चैत्र २७ गते २०७९ मा प्रकाशित


बलियो नेपाल कप अन्तर एकेडेमी टि २० क्रिकेटको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

बलियो नेपाल कप अन्तर एकेडेमी टि २० क्रिकेटको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

पोखरा, २७ चैत/ बलियो नेपाल कप अन्तर एकेडेमी टि २० क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ । सोमबार फाइनल खेलमा स्टार क्रिकेट एकेडेमीले कर्णाली एकेडेमीलाई ७ विकेटले हराउंदै बलियो नेपाल कप २०२३ को उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ७२ रनको बनाउन सफल रह्यो । कर्णालीका बिराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए। रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।

स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए। त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए। ७३ रनको लक्ष्य पक्ष्याउंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउंदै पुरा गर्यो।

स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए। बिशालले ८ रन र अंकितले अविजित १५ रन बनाए। स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १(१ विकेट लिन सफल रहे।

फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिएका थिए। यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृ्ष ब्याटर विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए। समापन समारोहको प्रमुख आथित्यता माननीय सांसद सोविता भण्डारीले गर्नुभएको थियो।

प्रतियोगिताको विजेता टोलीले जनही पचास हजार, तथा उपविजेता टोलीले पच्चीस हजार प्राप्त गर्नेछन् भने उत्कृस्ट व्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गरेका छन् ।



Tags: