चेकिङ बसेको ट्राफिक प्रहरीले एक्सलेटर दबाइदिदा युवक घाइते

-


     क्लिक गण्डकी     
     चैत्र २३ गते २०७९ मा प्रकाशित


चेकिङ बसेको ट्राफिक प्रहरीले एक्सलेटर दबाइदिदा युवक घाइते तस्बिरः कृष्ण न्यौपानेको फेसबुकबाट

तनहुँ, २३ चैत/ तनहुँको व्यास नगरपालिका ३ देउरालीनगरमा बिहीबार साँझ करिब ७ बजे सवारी चेकिङ चलिरहेको थियो । व्यास ३ का दुई युवा घुम्दै त्यतातर्फ जाँदै थिए ।

प्रहरी चेकिङ भएको स्थान नजिकै पुग्दा ती दुई युवाले स्कुटर रोके । स्कुटर रोक्ने बित्तिकै एक ट्राफिक प्रहरीले एक्सलेटर दबाइदिए, स्कुटर हुत्तियो र भित्तामा ठोक्किन पुग्यो । भित्तामा ठोक्किदा स्कूटर चालक १८ वर्षीय नवराज राई घाइते भएका छन् । स्कूटरमा सवार आठ वर्षीय रेवन राई सामान्य छन् ।

चेकिङ भएको ठाउँमा गएर स्कुटर रोक्दा प्रहरीले एक्सलेटर दबाएर धकेल्दा भित्तामा ठोक्किएको रेवन राईले बताए । भित्तामा ठोक्किएका नवराजको चार वटा दाँत र गिजामा चोट लागेको छ।

प्रहरीले चेक भने प्रहरीको चेकिङ देखेर आतिएर भाग्दा युवा घाइते भएको दावी गरेको छ ।