१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक

-


     क्लिक गण्डकी     
     फागुन ४ गते २०७९ मा प्रकाशित


१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक

पोखरा, ४ फागुन/ भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

प्रतियोगितामा भाग लिन केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकहरुले नाम दर्ता गरेको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । फागुन ६ गते शनिबार हुदैछ । महिला तर्फको हाफ म्याराथनमा २० जना धाविकाले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।

खुल्ला १० किलोमिटर पुरुष दौड तर्फ ३ सय जनाले सहभागिता जनाएका छन् । महिला तर्फ १०० जनाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी पाँच किलोमिटर विद्यालयस्तरीय छात्र/छात्रा तथा ह्वीलचियर र दृष्टिविहीन दौडलाई समेत इभेण्टको रुपमा मञ्चले विगतमा झैं समेट्दै आएको छ ।

सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन प्रतियोगिता हुदै आएको छ । म्याराथन विजेताले ५ लाख रुपैयाँ, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।

महिला हाफ म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

५ किलोमटिर छात्र/छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यारथन दौड पोखरा रंगशालाबाट शुरु भई पोखरको बजार परिक्रमा गरेर पोखरा रंगशालामै पुगेर टुंगिने छ । सबै विधामा गरे ८ हजार भन्दा बढिले दौडमा भाग लिन नाम दर्ता गराएका छन् ।



Tags: ,