
धरानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ आहा राराको सेमिफाइनलमा
पोखरा, १६ पुस/ धरान फुटबल क्लबलाई हराउँदै शसस्त्र प्रहरीको एपीएफ फुटबल क्बल २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले धरानलाई २–० पराजित ग¥यो ।
डिफेन्डिङ च्याम्पियन एपीएफलाई विजयी बनाउन बिकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३६ औं मिनेटमा एपीएफका बिकु तामाङले गोल गर्दै एफिएफलाई अग्रता दिलाए ।
बुद्धिमान राईले दिएको लामो पासलाई क्यास गर्दै तामाङले गोल गरे । तामाङ खेलको म्याद अफ दी म्याचसमेत बन्ने ।
खेलको ३९ औं मिनेटमा एपीएफका लागि युवराज खड्काले गोल गर्दै अग्रता दोब्बर बनाए । बिकु लामाले गोल पोस्टमा प्रहार गरेको बल धरानका गोल रक्षक सौरभ बरालको हातमा ठोक्किँदै रिबाउन्ड भएको बललाई खड्काले गोलमा परिणत गरे ।
आहा रारामा एपीएफ र धरान तेस्रो पटक भिडेका हुन । यसअघि दुवै टोली समूह चरणमा मात्रै खेल्ने अवसर पाएका थिए । जसमा एक खेल धरान र एक खेल एपीएफले जितेका थिए । आइतबारको खेल मछिन्द्र क्बल र चर्च व्वाइज क्लब बिच हुनेछ ।





