
आहा रारा पोखरा गोल्डकपः पुलिसलाई हराउदै चर्च व्याइज क्वाटरफाइनलमा
पोखरा, १५ पुस/ पहिलो सहभागीता मै चर्च व्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपमा क्वाटरफाइनलमा प्रबेश गरेको छ । चर्च व्वाइजले नेपाल पुलिस क्लबलाई २–१ ले हराउदै क्वाटर फाइनलमा मछिन्द्र फुटबल क्लब सगँको भेट पक्का गरेको छ ।
चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र अनन्त तामाङ एक/एक गोल गरे । खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम नराख्दा प्रतियोगिताबाट बाहिरियो । खेलको २५ औं मिनेटमा नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई गोलमा परिणत गरे ।
चर्च व्वाइजले खेलको ७७ औं मिनेटमा गोल गर्दै बराबरी बतायो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । निधारी ९० मिनेटमा बराबारी गोल भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८ औ मिनेटमा अनन्त तामाङले गोल गरे । चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको हेडिङ गरेको बललाई अनन्तले गोलमा परिणत गरेका थिए ।
शनिबार प्रतियोगिता पहिलो क्वाटर फाइनल खेल शसस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्बल बिच हुनेछ ।





