कारितास नेपालको आयोजनामा महेन्द्र माविमा बाल दिवस
पोखरा, ३० भदौ/ पोखरा २० भलाम रहेको महेन्द्र माध्यमिक विद्यालयमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कारितास नेपाल, नेपाल निबिको पाजन तथा उत्थानसलता परीयोजना अन्तरगत बालबालीका तथा युवा सशक्तिकरण परियोजनाले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयमा चित्रकला प्रतियोगीता, बृक्षारोपण कार्यक्रम र प्राथामीक उपचारका समान हस्तान्तरण गरेको छ । ५८ औ बाल दिवस ̏वालमैत्री समाजको आधारः जिम्मेवारी परिवारको उत्तरदायी सरकार” भन्ने नाराका साथ कार्यक्रम गरेको हो ।
चित्रकला प्रतियोगीतामा कक्षा १० मा अध्यनरता दुर्गा भूजेल प्रथम, कक्षा १२ मा अध्ययनरत अबिनास सुबेदी दोस्रो, र कक्षा ९ मा अध्यरता छात्रा प्रशन्ना पौडेल, सान्तोना स्थान हासील गर्न सफल कक्षा ११ मा अध्यनरत स्वेता पौडेल तेस्रो भए ।
कार्यक्रममा महेन्द्र माध्यामिक विद्यालय प्रधानध्यापक बोधराज पौडेल, कारितास नेपाल फिल्ड कार्यालय कास्कीका प्रमुख शोभा आचार्य, कारितास नेपाल फिल्ड कार्यालय कास्कीका आईपिएम प्राबिधिक अधिकृत हिममाया भण्डारी, बबिता गुरुङ्ग, विद्यालयका शिक्षक सन्तोष अधिकारी लगाएतले विद्यार्थीहरु पुरस्कार वितरण गर्दै बाल दिवसको महत्वको बारेमा प्रकास परेका थिए ।