
नेकपा एमाले कास्की
पोखरा, १९ भदौ/ आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेबाट १५ जनाले आकांक्षी देखीएका छन् ।
अहिले प्रतिधिनिसभाका सांसद खगराज अधिकारी, नेकपा एमाले पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपाने, नेकपा एमाले कास्कीका सचिब बैन बहादुर अधिकारी रहेका छन् ।
त्यसै गरी कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, उमा सिह, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।