पोखराको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन

-


     क्लिक गण्डकी     
     असार २६ गते २०७९ मा प्रकाशित


पर्यटन बसपार्क पोखरा

पर्यटन बसपार्क पोखरा

पोखरा, २६ असार/ पोखराको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडि जग्गा भाडामा दिएको विषयमा छानबिन समिति गठन गरेको हो ।

शनिबार पोखरा उपत्यका नगर विकास समिति बैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् ।

समितिलाई एक हप्ताभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको छ । समितिको बैठकले ठेक्का प्राप्त गरेकालाई तत्काल काम अगाडि नबढाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरपालिकाको निवर्तमान मेयर मानबहादुर जिसीले पोखराको तीन ठाउँको ६३ रोपनी जग्गा ठेक्कामा लगाएका थिए । जिसीले भने आफूले कानुन अनुसार नै ठेक्का लगाएको दावी गर्दै आएका छन् ।