गण्डकी प्रदेशका पालिका प्रमुखहरुको अभिमुखीकरण पोखरामा

-


     क्लिक गण्डकी     
     जेठ २७ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशका पालिका प्रमुखहरुको अभिमुखीकरण पोखरामा

गण्डकी प्रदेशका पालिका प्रमुखहरुको अभिमुखीकरण पोखरामा

पोखरा, २७ जेठ/ स्थानीय तहको निर्वाचनबाट निर्वाचीत महानगर र नगरका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि गण्डकी प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

दुई दिनसम्म चल्ने स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले पोखरामा उद्घाटन गरे ।

मुख्यमन्त्री पोखरेलले समृद्ध गण्डकी प्रदेशको सपना साकार पार्न सबै स्थानीय तहलाई मिलेर काम गर्न आग्रह गरे । प्रदेशका ८५ वटै पालिकाले लिएको लक्ष्य प्राप्त गर्न सके मात्र प्रदेश समृद्धिको अभियान पुरा हुने उनको भनाई थियो । सिमित स्रोत साधनको अधिकतम प्रयोगबाट स्थानीय तहले विकासलाई अगाडी बढाउनुपर्ने पोखरेलको भनाई थियो ।

नेपालमा वित्तीय संघीयता कमजोर रहेको पोखरेलले गुनासो गरे । ७० प्रतिशत बजेट अहिले पनि केन्द्रमा रहने भएका कारण प्रदेश र स्थानीय तह सिमित स्रोतबाट संचालन गर्नुपरेको उनले बताए ।

कार्यक्रमका सहभागीहरुलाई स्थानीय तहको योजना तथा वार्षिक बजेट तर्जुमा प्रकृया र मध्यमकालीन खर्च संरचना, स्थानीय तहको काम, कतब्य र अधिकार तथा संघ, प्रदेश र स्थनीय तहबीचको अन्तरसम्बन्ध, स्थानीय तहको राजस्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण र विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड वारे विज्ञले अधिमुखीकरण गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गरेको छ ।



Tags: