पोखरामा मतगणनास्थलमा २ जना नक्कली प्रतिनिधि पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०७९ मा प्रकाशित


मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकाको मतगणनास्थलमा प्रहरीले २ जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ । शुक्रबार बिहान अवैध कार्ड बोकेर मतगणना स्थलमा पुगेका २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुई मध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का एकले नक्कली परिचय पत्र बनाएर लागएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो । उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको छ ।



Tags: , ,