
पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा, १० वैशाख/ पर्यटकीय स्थल पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताउनु भयो ।
महायज्ञको सातौं दिन करिब ४० लाख रुपैया संकलन भएको समितिले जनाएको छ । महायज्ञमा पोखरा २२ लुकुन्स्वाँरा निवासी प्रभा बरालबाट ३ लाख ५ हजार ६ सय ६५, स्थानिय कलावती बरालबाट २ लाख ५५ हजार ५ सय ५५, पोखराका समाजसेवी प्रेम बहादुर जिसीबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको छ ।
त्यसै गरी महायज्ञमा पोखरा ८ सिमलचौरका डा.आनन्द बहादुर श्रेष्ठबाट १ लाख ७० हजार, पोखरा ३ तेर्सापट्टी निवासी चिरन्जिबी योग माया द्धवाबाट १ लाख १७ हजार, स्याङजा फेदीखोला हाल पोखरा पार्दी विरौटा निवासी घनश्याम शर्मा लामिछाने १ लाख ५ हजार ५ सय ५५, पोखरा २२ डाँडाथोक धनरुपा बरालबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लुकुनस्वाँराका चेतभक्त बरालबाट १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त भएको छ ।
त्यस्तै महायज्ञमा पोखरा १७ विरौटाका नरपति देवकोटाले ५० हजार ५ सय ५५, पोखरा २२ स्वाँराका बिष्णु माया बरालबाट ५० हजार १ सय २५ रुपैया प्राप्त भएको सहसंयोजक बरालले जनाउनु भयो । शनिबार महायज्ञमा विहानै देखि बेलुकासम्म अत्याधिक भिड भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताउनु भयो ।
नियमित चल्ने माइक्रो बस सहित शुक्रराज मावि र आमा घर पाठशालाको बसले शनिबार दिन भरी जसो यातायात सेवा निःशुल्क उपलब्ध गराएको आर्थिक उपसमितिका संयोजक डिल्लीराम बरालले बताउनु भयो । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्दै आउनु भएको छ । पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको छ ।