गण्डकी प्रदेशका अर्थमन्त्री गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख ७ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशका अर्थमन्त्री चढेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

गण्डकी प्रदेशका अर्थमन्त्री चढेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा, ७ चैत/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल चढ्ने गाडी र मोटर साइकल ठोकिदा पोखरामा एक जनाको मृत्यु भएको छ ।

अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडी र ग१६प ५१८१ नम्बरको मोटरसाइकल ठोकिदा घाइते भएका तनहुँ एक्लेखेतका ३५ बर्षिय मीनबहादुर पाइजाको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–३२ खुदीमा बैशाख १ गते दुर्घटना भएको थियो । गम्भीर घाइते पाइजाको मनिपाल अस्पतालमा उपचारका क्रममा पाँचौ दिनमा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमति दानुमाया पाइजा घाइते छिन् । गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटनका बेला अर्थमन्त्री मन्त्रीभने गाडीमा नरहेको बताएको छ ।



Tags: