#सार्वजनिक विदा

गण्डकी प्रदेशमा २०८० मा ३ दिन अतिरिक्त सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, १ बैशाख/ गण्डकी प्रदेशमा २०७९ मा ६ दिन अतिरिक्त सार्वजनिक विदा थियो । २०८० मा भने ३ दिन मात्रै थप विदा हुने भएको छ । आन्तरिक मामिला मन्त्रालयले निकालेको राजपत्र अनुसार भानु जयन्ती, पूर्णिमा र गण्डकी प्रदेश स्थापना दिवसमा मात्रै विदा दिन भएको हो । असार २९ गते पर्ने भानु जयन्ती, पूर्णिमा र फागुन ४ गते पर्ने सरकारको स्थापना दिवसमा विदा दिने गरी राजपत्र प्रकाशन गरिएको हो । पुरा पढौ

फागुन ४ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, ३ फागुन/ गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदाको निर्णय गरेको छ । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैते दसैं चैत… पुरा पढौ

फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सार्वजनिक विदा
पोखरा, २९ माघ/ सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । पुरा पढौ

गण्डकीमा असार २९ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । पुरा पढौ