#बैंक

बैंकको ज्यादतिविरुद्ध पोखराका व्यवसायी सडकमा

बैंकको ज्यादतिविरुद्ध पोखराका व्यवसायी सडकमा
पोखरा, ११ फागुन / पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शनग गरे । कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ,यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सनलगायतको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी उठ्नै… पुरा पढौ

बैंकको चर्को व्याजदर विरुद्ध पोखरामा रिले अनसन

बैंकको चर्को व्याजदर विरुद्ध पोखरामा रिले अनसन
पोखरा, १९ माघ/ बैंकको चर्को ब्याजविरुद्ध पोखरामा तीनदिने अनसन सुरु गरिएको छ । सरकारको विभेदपूर्ण आर्थिक नीतिविरुद्ध पहिलो चरणको रिले अनसन थालिएको व्यवसायीले बताएका छन् । ‘सम्पूर्ण उद्योगी व्यवसायी एवं पीडित एक हौं’ भन्ने नाराका साथ व्यवसायीले अनसन शुरु गरेका हुन् । बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर एक अंकमा झारिनुपर्ने, कम्तीमा २ वर्षलाई स्वेच्छिक किस्ता छनोट गर्न दिनुपर्ने, संक्रमणकालीन योजना ल्याउनुपर्ने लगाएतका माग व्यवसायीका रहेका छन् । पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकमा व्यवसायीले अनसन थालेका छन् । पुरा पढौ

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष
पोखरा, १९ माघपोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन् । ‘बैंक तथा… पुरा पढौ