स्याङ्जा, १२ जेठ/ स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका ३६ जनाले प्रतियोगितामा भाग लिने प्रदेश बुद्धिचाल संघ गण्डकीका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए । जिल्ला–जिल्लामा रहेका बुद्धिचाल सघंको सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई…
पुरा पढौ