#फोहोर

कसरी संभब भयो पोखराको फोहोर व्यबस्थापन

पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने
पोखरा २३ साउन/ बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए । मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो । फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको बार्ता निष्कर्शमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु… पुरा पढौ

लामेआहालमै फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुल्यो

पोखराको सडकमा फोहोर तस्बिरः सुर्दशन रञ्जित
पोखरा, २२ साउन/ पोखरा ३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको छ । महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । रिटको उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो । आइतबार महानगरको जवाफ पछि न्यायाधीशद्वय रमेशप्रसाद… पुरा पढौ