#नवौं राष्ट्रिय खेलकुद

पदक विजेता खेलाडीलाई महानगरको सम्मान

पदक विजेता खेलाडीलाई महानगरको सम्मान
पोखरा, २ कात्र्तिक/ गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गर्नुभएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकीलाई चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकीलाई चार स्वर्ण
पोखरा, २ कार्तिक/ गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो । गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत,, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले एक… पुरा पढौ

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण
पोखरा, १ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो । अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

खोखो
पोखरा, १ कात्तिक/ नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी… पुरा पढौ

महिला कुस्तीका सेना र सुदूरपश्चिम ५/५ स्वर्ण

महिला कुस्तीका सेना र सुदूरपश्चिम ५/५ स्वर्ण
पोखरा, १ कात्र्तिक/ पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते । त्यसैगरी सुदूरपश्चिमका लागि ५०… पुरा पढौ

लङ जम्पमा सशस्त्रका देवान र आर्मीकी जयरानीको कीर्तिमानी स्वर्ण

जयरानी थारु
पोखरा, १ कात्तिक/ सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार विहान भएको प्रतिस्पर्धामा ७.०६ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेका हुन् । एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७.० मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् । सलिम देवान त्यसै गरी एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उक्त इभेन्टमा यसअघि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः ४ सय मिटरमा २ राष्ट्रिय कीर्तिमान कायम

सोमबहादुर कुमाल
पोखरा, १ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन् । उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए । सशस्त्र प्रहरी बल एपीएफका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद, म्याराथनमा गण्डकीका अनिश र एपीएफकी वृन्द्रालाई स्वर्ण

अनिश थापामगर
पोखरा, १ कात्तिक/ एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् । अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पूरा गर्दै कास्य पदक जिते । राष्ट्रिय खेलकुदको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको अग्रता कायमै

महिला १०० मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान
पोखरा, १ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदक सहित ६५ पदक जितेको छ । अर्को विभागिय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक जितिसकेको छ । यसैगरी वागमति प्रदेशले १४ स्वर्ण, २२… पुरा पढौ

पौडीमा तेश्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो

पौडीमा तेश्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन् । ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन् । ४०० मिटिर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको… पुरा पढौ