#गण्डकी प्रदेशसभा

गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान, काग्रेसको आपत्ति

गण्डकी प्रदेशसभा
पोखरा, ५ बैशाख/ गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले बैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च… पुरा पढौ

गण्डकी प्रदेशमा बिनियोजन ऐन संशोधन विधेयक पारित, रकमान्तरको बाटो खुल्यो

गण्डकी प्रदेशसभा
पोखरा, २७ माघ/ गण्डकी प्रदेशसभाले बिनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बेनको विधेयक शुक्रबार सर्वसम्मत पारित गरेको छ । अघिल्लो सरकारले ल्याएको बजेट र योजना हेरफेर गर्न सरकारले ऐन संशोधन गरेर रकमान्तर गर्ने बाटो खुलेको हो । अघिल्लो विधेयकमा चैतमा मात्रै रकमान्तर गर्न पाइनेलाई संशोधन गरेर फागुनमा नै रकमान्तरको बाटो खुलेको छ । संशोधन विधेयक आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले २० माघको बैठकमा प्रस्तुत गरेकी थिइन् । त्यसपछि २४ माघमा सैद्धान्तिक छलफल भएको थियो । दफावार छलफलपछि संशोधन विधेयक आज… पुरा पढौ

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभा
पोखरा, १२ पुस/ गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गरेको उल्लेख छ । पुरा पढौ

गण्डकी प्रदेशसभामा कुन दलबाट को बने समानुपातिक सांसद

गण्डकी प्रदेशसभा
पोखरा, २५ मंसिर/ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् । गण्डकी प्रदेशमा प्रत्येक्ष र समानुपातिक गरी नेपाली काग्रेस पहिलो पार्टी बनेको छ भने एमाले दोस्रो पार्टी बनेको छ । एमालेले समानुपातिकमा १० जना सांसद पाउदा नेपाली काग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सांसद पाएका छन् । गण्डकी प्रदेशसभा सदस्यमा समानुपातिक सांसदनेपाली कांग्रेस१. दिलमाया पौबी२. टीकाकुमारी बस्याल३. विमला गौचन४. रेखा गुरुङ५. सरस्वती गुरुङ६. पार्वती तामाङ७. सरस्वती अर्याल… पुरा पढौ

गण्डकी प्रदेशमा नेपाली काग्रेसले चयन ग¥यो समानुपातिक सांसद

गण्डकी प्रदेशसभा
पोखरा, २४ मंसिर/ नेपाली काग्रेसले गण्डकी प्रदेशका लागि नेपाली काग्रेसले सामनुपातिक तर्फका सांसद चयन गरेको छ । नेपाली काग्रेसले दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन गरेको छ । त्यसै गरी जनजाति महिलातर्फ विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ । यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएका छन् । बन्दसुचिमा रहेको नामबाट चयन भएका हुन् । नेपाली काग्रेसले गण्डकी प्रदेशमा ९ जना सामानुपातिकमा सांसद पाएको थियो… पुरा पढौ