#खगराज अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी
पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३१ जना सांसदको विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा आफूलाई विश्वासको मत दिन उनले शुक्रबार संसदमा राखेको प्रस्तावको पक्षमा ३१ सांसदले मत हालेका छन् । नेकपा एमालेका २१ माओवादीका ८ र राप्रपाका २ जना सांसदले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका कुल ६० जना सांसद मध्ये नेपाली काग्रेसका २७ जना सांसदले भने उनको प्रश्वाको विपक्षमा मतदान गरेका थिए । स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दिपक मनाङे संसदमा उपस्थित भएनन् । विश्वासको… पुरा पढौ

पोखरा महोत्सव सुरु, महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छः मुख्यमन्त्री अधिकारी

पोखरा महोत्सव सुरु, महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छः मुख्यमन्त्री अधिकारी
पोखरा, २७ पुस/ बुधबारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने वताए । मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको वताउदै मेला महोत्सवमा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

खगराज अधिकारी
पोखरा, २६ पुस/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३ दिनपछि विश्वासको मत लिने भएका छन् । मंगलबार सत्ता गठबन्धनसँग छलफल गरेपछि उनले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् । २९ गते १ बजेका लागि बैठक डाकिएको छ । सरकारका प्रबक्ता सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद सचिवालयमा पुगिसकेको छ । अधिकारीले बिश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । हाल ४ सदस्यीय मन्त्रीमण्डल गठन भएको… पुरा पढौ

गण्डकी प्रदेशमा मुख्यमन्त्री सगैँ ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र… पुरा पढौ

को बन्ला गण्डकी प्रदेशको मुख्य मन्त्री ?

खगराज अधिकारी र हरीबहादुर चुमान
पोखरा, २२ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरे सगँ गण्डकी प्रदेशमा सरकारमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न बिहीबार आह्वान गरेका थिए । प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने… पुरा पढौ

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

खगराज अधिकारी
पोखरा, १० पुस/ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।संसदीय दलको आइतबार बसेको बैठकले एमाले पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो । दलको नेता बनेसँगै उनको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् । पुरा पढौ

कास्की १ क मा एमालेका खगराज अधिकारी विजयी

खगराज अधिकारी
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी बने । अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । कोइरालाले यस अगाडी गण्डकी प्रदेश सदस्य थिए भने अधिकारी संघिय संसदमा सदस्य थिए । पुरा पढौ

कास्की १ मा मनबहादुर र कास्की १ क मा खगराज जित नजिक

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, ९ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उमेद्वार मनबहादर गुरुङको अग्रता कायमै रहेको छ । उनले २२ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपाली काग्रेसका किशोरदत्त बरालले २० हजार ३ सय ९ मत प्राप्त गरी मनबहादुरलाई पछ्याइ रहेका छन् । त्यसै गरी कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले १२ हजार ८९ मत प्राप्त गर्दा नेकपा माओेवादीका दिपक कोइरालले ८ हजार ९ सय ९४ मत… पुरा पढौ

कास्की १ क मा खगराजको अधिकारीको अग्रता कायमै

खगराज अधिकारी
पोखरा, ८ मंसिर/ कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीको अग्रता कायमै छ । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरको वडा नम्बर ३२ मत गणना सकिदा खगराजको अग्रता कायमै छ । अधिकारीले ६ हजार ३ सय २२ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । खगराज अधिकारी १ हजार ४ सय ६ मतले आगडी छन् । रुपा गाउँपालिकाको गणना हुदाँ अधिकारी २ हजार भन्दा बढि मतले अग्रता लिएका थिए । पुरा पढौ

कास्की १ क मा खगराज अधिकारीको फराकिलो अन्तरले अग्रता

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, ८ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारीले फराकिलो अन्तरले अग्रता लिएका छन् । अधिकारीले ४ हजार ७ सय ७७ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले २ हजार ८ सय ९२ मत प्राप्त गरे । त्यसै गरी हाम्रो नेपाली पार्टीका मदन बहादुर केसीले ५ सय २७ मत प्राप्त गरेका छन् । पुरा पढौ